२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढीले मेलम्चीको अस्थायी संरचनामा क्षति


624
Shares

मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्‍याएको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।

यस्तै, मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षती पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ । अब यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।

‘आज रातिको वर्षाको कारण नदिको बहाब बढी मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षति पुगेकोले यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पूर्णमा अनुरोध छ ।’, नगरपालिकाका इन्जिनियर जीत बहादुर कार्कीले भन्नुभयो ।

मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताउनु भएको छ ।

राति पुलमा क्षति पुगेको थाहा पाएपछि एका बिहानै फट्टे पुगेका नगरपालिकाका मेयर तामाङले मर्मतको काम तत्काल गर्न निर्देशन दिनुभएको छ ।