
एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् ।
कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको जागीरको रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्न म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2020
उनले आप्रवासी रोक्नका लागि कस्तो विधि अपनाउने छन् र यो कति लामो अवधिका लागि हुनेछ भन्ने पनि कुनै उल्लेख गरिएको छैन ।
महामारीको खराब अवस्था पार गरेको र मुलुक क्रमशः आफ्ना गतिमा फर्कने दाबी गरिएकै बेला ट्रम्पले यो आदेश जारी गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्