१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चुनाव चिन्ह ‘लौरो’ नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो : नारायण खतिवडा


2.691k
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले सिसडोलवासीमाथि गरिएको प्रहरी दमनको विरोध गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलवासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध गर्नुभएको हो ।

खतिवडाले स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको पनि बताउनुभयो ।

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि बेथिति हुँदै आएको भन्दै खतिवडाले स्थानीय जनताको जायज माग सम्बोधन गरेर फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

‘जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुुनीबेसीको बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयमा नुवाकोटे जनताहरूमाथि प्रहरी दमन भएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’