१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जेसीबीले फालेको ढुंगाले लागेर गुल्मीमा बालकको मृत्यु, चालक फरार


429
Shares

काठमाडौं । गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

जेसीबीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् ।