१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप २२ जनामा कोरोना संक्रमण


78
Shares

काठमाडौं । बिहिबार देशभर गरेर २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७ सय ५३ जनामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।