
एजेन्सी । कमल हसनको फिल्म ‘विक्रमले’ बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।
फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएपछि कमल हसनले सक्सेस पार्टी राखेका थिए । उक्त पार्टीका उनले फिल्मका कलाकार, निर्देशक र प्राविधिक सबैलाई केही न केही विषेश उपहार दिएका थिए ।
भारतीय सञ्चार माध्यामका अनुसार कमल हसनले सुर्यालाई एक रोलेक्स घडी उपहारमा दिएका छन् । जसको मूल्य १० लाख भारतीय रुपैयाँ पर्दछ । कमल हसनले राम्रो भूमिका निभाएको भन्दै सुर्यालाई रोलेक्स घडी उपहारमा दिएका हुन् । सुर्याले कमल हसनसहित उपहारमा पाएको रोलेक्स घडीलाई तस्वीर मार्फत सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
सुर्याले ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘ यस्ता क्षणहरूले तपाईको जीवनलाई निकै सुन्दर बनाउँछ । धन्यबाद अन्ना रोलेक्स को लागि ।’ कमल हसनले फिल्मको सक्सेस पार्टीपछि फिल्मका निर्देशक लोकेश कनगराजलाई कार उपहारमा दिएर सरप्राइज दिएका छन् । साथै कमल हसनले फिल्मका १३ जना सहायक निर्देशकलाई ‘अपाचे आटीआर १६०’ मोटरसाइकल उपहारमा दिएका छन् ।
फिलमलाई ३ जुनमा सिनेमा हलहरूमा प्रर्दशन गरिएको थियो फिल्ममा अभिनेता कमल हसन, विजय सेतुपति फहाद फासिल र सुर्याको अथितिको भूमिका रहेको छ । सुर्याले यस फिल्ममा काम गरे वापत कुनै पारिश्रमिक लिएका थिइनन् । तमिल भाषामा बनेको फिल्मलाई देशभर अलग – अलग भाषमा पनि रिलिज गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्