११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कुहिएको खाद्य सामग्री वितरण गरेको अभियोगमा कलैयाका मेयर पक्राउ


0
Shares

बारा, बैशाख ९ । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

अति बिपन्न परिबारलाई राहतको नाममा कुहिएको खाद्य सामग्री वितरण गरेको भन्दै प्रहरीले  उपमहानगरपालिकाका प्रमुख राजेश राय पक्राउ गरेको हो ।

यसअघि ६ जना वडाअध्यक्षसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारले तोकेको मापदण्ड विपरित कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वितरित दाल चार वर्ष पुरानो रहेको र सो दाल मेयर रायको संलग्नतामा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गौतम मिश्रले कुहिएको दाल बिक्री र वितरण गरेको सम्बन्धमा अनुसन्धानका लागि मेयरलाई नियन्त्रणमा लिएको बताए ।

यसअघि प्रहरीले कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडासचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।

कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल प्रहरीले दुई पटक गरी सिल गरिसकेको छ ।