
काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीसहितको आन्दोलन कार्यक्रम स्थगित गरेको छ ।
१५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलन कार्यक्रम स्थगित गरेको विज्ञप्ति उल्लेख गरेकाे हाे । नेविसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका विषयमा छानविन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरेको जनाएको छ ।
विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनुपर्ने बेला आएको जारी विज्ञप्तिमा भनिएको छ।
लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा जारी रहेको प्राध्यापक तथा विद्यार्थीको आन्दोलनमा त्रिवि सुधारको माग राख्दै नेविसंघले त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्