
काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला बिकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गर्नुभयो ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य विमला बिकले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदी किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस् ।’
प्रतिक्रिया दिनुहोस्