२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्नुपर्छ : झलनाथ खनाल


156
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिनुभएको हो ।

आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।