२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकामा भूकम्पको धक्का


585
Shares

काठमाडौं । काठमाडौँ उपत्यकामा आज शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।