१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन


4.407k
Shares

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो । स्याङ्जाका जिल्लाका ११ पालिका मध्ये फेदीखोला गाउँपालिका बाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको छ । विनियोजित बजेटले धाम, मन्दिर र आश्रमको संरक्षण र पूर्वाधार तथा पदमार्ग निर्माणमा विशेष जोड दिए पनि जिल्लाका ठूला पर्यटकीय क्षेत्रलाई समेटेको देखिदैन् ।

विनियोजित बजेटमा पुतलीबजारमा १३ योजनाका लागि १ करोड ७१ लाख प्रस्ताव गरेको छ। ८ योजनाका लागि कालिगण्डकीमा ७३ लाख र गल्याङ्का लागि ७ योजनामा ५९ लाख प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटमा वालिङका लागि ७ योजनामा ९८ लाख र विरुवामा ७ योजनालाई ६० लाख विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भीरकोटमा ४ योजनाका लागि ३० लाख र अर्जुनचौपारीका लागि ३ योजनामा २३ लाख विनियोजन गरिएको छ ।

चापाकोट नगरपालिकालाई २ वटा योजना सम्पन्न गर्न १९ लाख, हरिनासमा दुई वटा योजनाका लागि १८ लाख र आँधीखोलामा एक योजना सम्पन्न गर्न १० लाख विनियोजन गरिएको छ ।