
एजेन्सी । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनविरुद्ध भ्रामक र गलत सूचना फैलाएको आरोपमा उजुरी दर्ता भएकाे छ ।
शौक्षिक संस्थाको विज्ञापनमा भ्रामक र गलत सूचना फैलाएको आरोपमा उनीविरुद्ध उजुरी दर्ता भएकाे हाे ।
आगामी फिल्म ‘पुष्पा : द रुल’ लाई लिएर चर्चामा रहेका बेला एफआइआर (उजुरी) पर्दा फिल्मलाई समेत असर पार्ने अनुमान गरिएको छ ।
उनी केही समयअघि ‘पुष्पा द राइज’ बाट विश्वभर लोकप्रिय बनेका थिए ।
सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले अम्बरपेट प्रहरी चौकीमा उनीविरुद्ध एफआईआर दर्ता गराएका हुन् ।
अर्जुनले ६ जुनमा श्री चैतन्य शौक्षिक संस्थाको विज्ञापनमा झुटा सूचना दिएको र यस्ता विज्ञापनले समाजलाई गलत जानकारी दिने भन्दै रेड्डीले उजुरी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्