२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्युत प्रसारण लाइनमा चढेका युवकको उद्धार


1.378k
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् ।

बिक विद्युतको पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरेको थियो ।

बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो ।

प्रसारण लाइनमा चढेका बिकको मानसिक सन्तुलन ठीक नरहेको बताइएको छ ।