
हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा भएका १ सय १९ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेका छन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रम मंगलबारसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्