
काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो ।
१५ अंकले कमी आएको बजार २ हजार ३२ बिन्दुमा रोकिएको छ ।
सोमबार कारोबार रकम एक अर्ब पनि पुग्न सकेन ।
राताम्मे बजारमा एक सय बढी अंकले बिमा समूहमा गिरावट आउदा अरु सबै उपसुचक दोहोरो अंकले ओरालो लागेका छन् । सोमबार २ सय ३० कम्पनीको कारोबार हुँदा २९ लाख कित्ता शेयर ९९ करोड बढीमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्