१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक कोइराला


364
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको स्पष्ट पार्नुभयो ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिनुभयो । पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाले बताउनुभयो ।

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग आफू मातहत राख्ने÷नराख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको विषय भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गर्नुभयो ।