१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किसानलाई मल उपलब्ध गराउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन


91
Shares

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए ।

त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिनुभयो । उक्त जवाफ समेतका आधारमा समान किसिमको धारणा आएकाले सभामुख सापकोटाले विशेष प्रस्ताव पेश गर्नुभएको थियो ।

पारित विशेष प्रस्तावमा सम्भाव्य सवै विकल्प अपनाएर किसानलाई सहज रुपमा मल उपलव्ध गराउन भनिएको छ ।