
एजेन्सी । भारतीय सुपरस्टार नायक अक्षय कुमार एकै साथ थुपै फिल्महरूमा काम गर्ने गर्छन् ।
उनको १ वर्षमा ३ देखि ५ वटा सम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । सुपरस्टार अक्षयले फिल्मको संख्यालाई बढी ध्यान दिदाँ फिल्मको गुणस्तरमा ह्रास आएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अब सुपरस्टार अक्षयले फिल्मको संख्यालाई भन्दा पनि फिल्मको गुणस्तरलाई बढी ध्यान दिनुपर्ने देखिन्छ । फिल्मको संख्यालाई मात्र ध्यान दिदाँ उनका पछिल्ला फिल्महरू सफल भएका छैनन् । जसका कारण उनको स्टाडम नै संकटमा पर्न थालेको छ । उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल साबित भयो । उत्तर प्रदेश, मध्य प्रदेश र उत्तराखण्ड सरकारले फिल्मलाई करमुक्त गरेपनि फिल्म खासै चल्न सकेन । यसअघि अक्षयको फिल्म ‘बच्चन पाण्डे’ ले पनि बक्स अफिसमा फिल्म निर्माताहरूले सोचे जस्तो आम्दानी गर्न सकेन ।
समाचारका अनुसार अब फिल्म निर्माताहरूले सुपरस्टार अक्षयमाथि विश्वास गुमाउदै गएका छन् । उनको आगामी फिल्म ‘गोर्खा ’ को प्रदर्शन अहिलेका लागि रोकिएको छ । साथै दक्षिण भारतका सुपरस्टार सुर्याले पनि अक्षयसँगको आफ्नो फिल्मलाई लिएर पूनर्विचार गरिरहेको र तत्कालका लागि स्थगित गरिएको बताइएको छ । यशराज फिल्मले सुपरस्टार अक्षयलाई लिएर ‘धुम ४’ बनाउने खबर बाहिरिएको थियो । तर, लगातार फ्लप फिल्म दिएका अक्षयसँग फिल्म निर्माताहरू काम गर्न इच्छुक नरहेको देखिन्छ ।
तसर्थ अब फिल्म निर्माताहरूले अक्षयलाई विश्वास गर्नका लागि उनले फिल्मको संख्यालाई भन्दा फिल्मको गुणस्तरलाई ध्यान दिन आवश्यक छ । उनका पछिल्ला फिल्महरुमा थुपै कमीकमजोरीहरू देखिएका छन् कलाकारले कुनैपनि भूमिकामा आफुलाई ढाल्नमा लागि कडा मेहनत र समय दिनुपर्ने देखिन्छ । तर, १ वर्षमा ५ वटा सम्म फिल्ममा अभिनय गरेका अक्षयले फिल्ललाई समय दिन नसकेको उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बाट स्पष्ट हुन्छ ।
प्रतिक्रिया दिनुहोस्