
काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार लगनगाँठो कसेकी छन् ।
चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न भएको छ ।
गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी थिइन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी थिइन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरू विवाह भएको हो ।
प्रतिक्रिया दिनुहोस्