
बुटवल । बेहोस अवस्थामा रहनुभएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
वलीलाई क्याबिन नम्बर १ मा रहेको अस्पताल स्रोतले जनाएको छ ।उनी रहेको कोठाबाहिर उनका पिएसओ छन् भने अस्पताल प्रशासन बाहिर पनि प्रहरीहरूको बाक्लो उपस्थिति छ ।
यद्यपि विरामी विवतरणको बोर्डमा भने उहाँको नाम छैन । सोमबार राति दाङबाट बुटवलमा आउनुभएकी मन्त्री वलीलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीमा प्रेसर र सुगरको मात्रा बढी रहेको र रिपोर्ट आउन बाँकी छ ।
हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहनुभएकी मन्त्री वलीलाई राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्