१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करणवीर बोहराविरुद्ध ठगीको मुद्दा, ४० वर्षीया महिलाले लगाइन् ठगीको आरोप


897
Shares


एजेन्सी । भारतीय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहराविरुद्ध ठगीको उजुरी दर्ता भएको छ ।

कलाकार बोहरालाई एक ४० वर्षीय महिलाले करोडौं रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेकी छिन् । कलाकार बोहरासहित ६ जना विरुद्ध ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार बोहराले ती महिलासँग १ करोड ९९ लााख भारतीय रुपैयाँ उधारो लिएको र भण्डै साढे २ प्रतिशतका दरले ब्याजसहित पैसा फिर्ता गर्ने भनेर सापटी लिएका थिए । तर अहिलेसम्म सबै रकम फिर्ता नगरेको ती महिलाले दाबी गरेकी छन् ।

कलाकार बोहराले महिलालाई १ करोड रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी पैसा फिर्ता नगरेको प्रहरीलाई बताएकी छन् । साथै महिलाले आफ्नो बाँकी रहेको पैसा फिर्ता गर्न बोहरालाई भन्दा बोहरा र उनको श्रीमती तन्जिदर (टीजे) सिद्धूले उनीसँग दुव्र्यवहार गरेका र गोली हानेर मार्ने धम्की दिएका थिए । प्रहरीले महिलाको उजुरीमा बोहरासहित ६ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

भारतीय प्रहरीले यस घटनामा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले बोहरा, उनको श्रीमतिसहित ६ जनालाई सोधपुछका लागि बोलाएको छ । अब उनीहरूको बयान पश्चात कारवाही सुरु गरिने समाचारमा उल्लेख गरिएको छ ।