
काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड जारी रह्यो ।
बजार परिसूचक नेप्से २९.८९ अंक बराबरले झरेर १९ सय ६६ कायम भएर थामियो ।
सबै समूह ओरालो लाग्दा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक बराबरले झर्यो । निर्जीबन बीमा समूह पनि डेढ सय अंक नजिकले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७३ कम्पनीका लगानीकर्ताले गुमाउँदा मात्र २० कम्पनीको मूल्य बढेको पनि नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त कम्पनीका शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।
प्रतिक्रिया दिनुहोस्