१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राकेशको हत्या अनुसन्धान गर्न माग गर्दै चक्काजाम


533
Shares

बारा । गत बैशाख २९ गते बाराको सिमरामा हत्या गरिएका राकेशभक्त पौडेलको हत्या अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको भन्दै नगौलबासीले बुधबार जितपुरमा चक्काजाम गरेका छन् ।

प्रहरीले घटना भएको एक महिना बितिसक्दा समेत अनुसन्धानको बहानामा सत्य तथ्य दबाउन खोजेको भन्दै नगौलबासीहरुले जितपुरमा चक्काजाम गरेका हुन् ।

स्थानीयले पौडेल परिवारप्रति राज्य प्रशासनले अन्याय गरेको भन्दै आक्रोश पोखेका छन् । यसअघि पनि स्थानीयले चक्काजाम गर्दा प्रहरीले ७ दिनभित्र हत्यारालाई कार्वाही गर्ने बताएको थियो ।

स्थानीयले घटनामा प्रहरी गम्भीर नबन्दा पुनः चक्काजाम गरको र यसलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।