
जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सभाको ९ औं अधिवेशनको छैठौं बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९२ हजार कुल बजेटको ४६.४४ प्रतिशत र पूँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत बजेट सार्वजनिक गरेको छ ।
वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात ०.३५ प्रतिशत विनियोजन गरिएको छ भने आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रहेको छ ।
बजेट व्यवस्थापनका लागि नेपाल सरकारको तर्फबाट वित्तिय समानिकरण अनुदान ७ अर्ब ८१ करोड ५८ लाख, विशेष अनुदान ४९ करोड, सम्पुरक अनुदान ७८ करोड र शसर्त अनुदान १० अर्ब ६ करोड ९१ लाख प्राप्त भएको मन्त्री साहले जानकारी दिनुभयो ।
त्यस्तै, प्रदेशको संचित रकम ३८ करोड, राजश्व बाँडफाँडबाट ११ अर्ब ६१ करोड ९८ लाख र गत वर्षको बचत तथा नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको मन्त्री यादवले बैठकमा जानकारी दिनुभयो ।
श्रोतबाट कुल ४५ अर्ब ४ करोड व्यवस्थापन अनुमानित गरिएकोमा एक अर्ब ८८ करोड १० लाख १८ हजार रुपैयाँ कमी भएकोमा सो रकमका लागि आन्तरिक ऋण परिचालन गर्ने उनले सभामुखलाई जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको थियो ।
चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार कुल बजेटको ४६.२६ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत बजेट ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्