
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ६ सदस्यले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् ।
भैंसेपाटीमा भेला भएका अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठले यस्ताे निष्कर्ष निकालेका हुन् ।
यसअघि बिहीबार नै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरी अध्यादेश फिर्ता लिने बताएका थिए ।
सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्ने र त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना रहेकाे नेताहरूले नै बताएका छन् ।
बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र दाहाललाई लिखित पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्