१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाँजर खेतीमा किसानको आकर्षण


104
Shares

धनकुटा । सलादको रूपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान आकर्षित भएका छन् ।

बजारको समस्या नभएको र राम्रो आम्दानी हुने भएपछि गाँजर खेतीमा किसानको आकर्षण बढेको हो ।

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।

धनकुटाका किसानले उत्पादन गरेको गाँजर स्थानीय बजारसँगै बाहिरी जिल्लाहरूमा समेत निर्यात हुने गरेको छ ।

स्थानीय बजारमा गाँजर अहिले प्रतिकिलो ७० देखि ८० रूपैयाँ सम्ममा बिक्री हुने गरेको किसान बताउँछन् ।

सरोकारवाला निकायले उन्नत विउ, प्रविधि र सुनिश्चत बजारका साथै भण्डारणका लागि व्यवस्थित पूर्वाधार बनाउन सके खेती अझै विस्तार गर्न सकिने उनीहरूको भनाइ छ ।