
बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका हुन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घाइते चारैजनालाई उपचारका लागि एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता मोहनबहादुर साउदले बताउनुभयो ।
महेन्द्रनगरबाट इँटा बोकेर दार्चुला जादैं गरेको म १ क ३८८ नम्बरको टिप्पर दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका ६ बजे दुर्घटनामा परेको हो ।
टिप्पर सडकबाट करीब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्