१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवालाई बैठकमा उपस्थित हुन अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे निर्देशन


1.027k
Shares

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवालाई उपस्थित हुन निर्देशन दिएको हो ।

साथै यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेतसमेत गराउनुभयो ।