१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रजनीकान्तको ‘जेलर’ को पोष्टर सार्वजनिक


546
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आफ्नो अर्को फिल्म ’जेलर’ को घोषणा गरेर आफ्ना प्रसंशकलाई उत्साहित बनाएका छन् ।

निर्माताहरूले तमिल फिल्म ‘जेलर’ को पोस्टर सार्वजनिक गरेका छन् । यस फिल्मका लागि रजनीकान्तले निर्देशक नेल्सन दिलीप कुमारसँग हात मिलाएर शुभ संकेत दिएका छन् । शुक्रबार, निर्माताले फिल्मको पोस्टर रिलिज गरेर रजनीकान्तका सबै फ्यानहरूलाई चकित पारे । पोस्टरमा माथिको चेनमा झुण्डिएको रगतले बगाएको चक्कु देखाइएको छ । पृष्ठभूमिमा एउटा पुरानो कारखाना देखिन्छ । यो पोस्टर तमिल र हिन्दी भाषामा रिलिज गरिएको छ । दक्षिण मात्र होइन रजनीकान्तको सबै प्रसंशकले यो फिल्म हेर्न पाउनेछन् ।

कन्नड अभिनेता शिवराजकुमार पनि यस प्रोजेक्टमा मुख्य भूमिकामा देखिनेछन्।चलचित्रको छायांकन छिट्टै सुरु हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।