२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओठे जवाफ नदिन पुष्पा भुसाललाई ईश्वर पोखरेलेको चेतावनी


5.759k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिनुभएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले आफ्नो पालोमा प्रधान्यायाधीशसहितका मन्त्रालयगत पदाधिकारीहरुको कार्यदन गठन गरेर नेपाललाई सैन्य सम्झौतासम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बताउनुभयो ।

समितिमै कांग्रेस सचेतक भुसालले चिठ्ठी पूर्व रक्षामन्त्री ईश्वर पोखरेलकै पालमा पठाइएको आरोप लगाउनुभएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषय धेरै गम्भीर विषय भएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताउनुभयो । यसबारेमा छुट्टै छानबिन समिति बनाउन पनि समितिको ध्यानाकर्षण गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्रमा हातले मिति लेखेको भन्दै आपत्ति जनाउनुभयो । सबै अक्षर प्रिन्टेड भएपनि मिति हातले लेखेकोले आशंका उब्जाएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रश्नको जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षर कर्ता त्यही दिन उपस्थित हुने/नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मिति पछि लेख्ने गरेको पनि स्पष्ट पार्नुभएको थियो ।