
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यू–एन मिशनहरूको गतिविधिमा संलग्न हुनुहुनेछ । उहाँ नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गरी लेवनान प्रस्थान गर्नुभएको हो ।
भ्रमणको क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरियाका सरकारी अधिकारीहरूसँग भेटघाटको कार्यक्रम रहेको छ । प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।
भ्रमण सकेर प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्