
web pic
पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षिय दीपेश शर्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
स्विमिङ गर्दा गर्दै उनी पानीमा डुबेको प्रत्यक्षदर्शीले बताए ।
उद्धार लगत्तै उनलाई उपचारका लागि पोखरा-४ गैह्रापाटनस्थित फिस्टेल हस्पिटल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको हो ।
प्रतिक्रिया दिनुहोस्