२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल


3.445k
Shares

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् ।

त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो ।

फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।