
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गर्नुभएको छ ।
पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उहाँले दाबी गर्नुभयो । अध्यक्ष नेपालले एसपीपीको विषय संसदमा जसले आवाज उठाएको थियो, जोडदार हंगामा मच्चाएका थियो सोही पार्टी यसमा जोडिएको पाइएको बताउनुभयो ।
उहाँले त्यत्रो कुरा किन लुकाइयो भनी प्रश्न गर्दै यस विषयमा यर्थाथ कुरा बाहिर आउनुपर्ने बताउनुभयो ।
एसपीपी अगाडी बढाउन नहुने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको भन्दै उहाँले यो विषयमा प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्