
एजेन्सी, बैशाख १३ । कोरोना भाइरसका कारण अमेरिकाको न्यूयोर्कमा पाँच महिनाकी बालिकाको मृत्यु भएको छ ।
न्यूयोर्क सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको कोभिड–१९ का कारण यो हप्ता निधन भएको हो ।
एक महिनासम्म उपचार गर्दा पनि पाँच महिनाकी जे–नातालीलाई निर्दयी कोरोनाले निल्यो । मुटुमा पहिलेदेखि नै समस्या रहेकी उनलाई गत मार्च २१ मा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
जे–नाताली अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने सबैभन्दा कम उमेरकी हुन् । अर्का एक र १४ वर्षका बालबालिकाको पनि मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण तीन बालबालिकाको ज्यान गएको हो ।
बेलायतमा जुम्ल्याहा दिदीबहिनीको जोगिएन ज्यान
उता, बेलायतमा कोरोना भाइरसका कारण ३७ वर्षीया जुम्ल्याहा दिदी बहिनी केटी डेविस र एमा डेविसको तीन दिनको फरकमा ज्यान गुमाए ।
बालबालिकाको उपचारमा संलग्न नर्स केटीको गत मंगलबार साउथह्याप्टन अस्पतालमा निधन भएको हो भने एमाको शुक्रबार सोही अस्पतालमा मृत्यु भयो । उनी नर्स नै हुन् ।
‘उनीहरु जहिले पनि यो संसारमा हामीसँगै आएकाले बिदा पनि सँगै हुन्छौं भन्थे, त्यस्तै भयो’, उनकी दिदी जोइले भनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्