
एजेन्सी, बैशाख १३ । ब्राजिलका न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै मन्त्री मोरोले राजीनामा दिएका हुन् ।
गोप्य सूचनाहरु सीधै आफूसम्म ल्याउने व्यक्तिको खोजी बोल्सोनारोले गरेको आरोप मोरोले लगाएका छन् । तर बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोप आधारहिन रहेको दाबी गरेका छन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि उनले राजीनामा दिएका हुन् ।
शुक्रबार राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुख माउरिसियो भालेक्सोलाई बिना कारण बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेमा आफूले राजीनामा दिने मोरोले बिहीबार नै बताएका थिए ।
मोरोले पदमा रहिरहन भावी प्रहरी प्रमुखको छनौट आफूले गर्न पाउने शर्त राखेका थिए तर उनको यो शर्त राष्ट्रपति बोल्सोनारो नस्वीकारेपछि पछि उनले राजीनामा दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्