२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


१२ वटा विधेयक शून्य अवस्थामा जान लागे : सांसद देवकोटा


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शून्य अवस्थामा जान लागेको भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सभाबाट सर्वसहमत प्रतिनिधि सभामा पठाइएका १२ वटा विधेयकहरु शून्यको अवस्थामा जाने भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा अब निर्वाचनमा होमिने क्रममा रहेको भन्दै उक्त १२ विधेयक राष्ट्रिय सभामा पुनः नफर्किए अहिलेसम्मको मिहेनत र लगानी खेर जाने बताउनुभयो । देवकोटाले छिटोभन्दा छिटो प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नागरिकता विधेयकको विषय पेचिलो बन्दै गइरहेको भन्दै यसको समाधान खोज्नपनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।