
काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन ।
उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएर थामिएको हो ।
आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे रहे ।
निर्जीबन बीमा समूह सबैभन्दा उच्च डेढ सय अंक बढीले ओर्लिएको छ । जीवन बीमा र विकास बैंक समूह पनि सय अंक बढीले ओरालो लाग्दा अरुपनि अधिकांश समूह दोहोरो अंकले झरे ।
आइतबार कारोबारमा आएका जम्मा १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ७९ कम्पनीको शेयरमूल्य घटेको छ । आइतबार आधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सकारात्मक सर्किट लाग्ने गरी बढ्यो ।
आइतबार पनि रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाए । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी टोलिकमको भएको छ । यस कम्पनीको मात्र आइतबार १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्