काठमाडौं, बैशाख १३ । भारतले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ ।
भारतीय गृह मन्त्रालयले सूचना जारी गरी आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने जनाएको हो ।
पसलमा ५० प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने र कामदारले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।
मदिरा पसलहरू खोल्न अनुमति दिइएको छैन भने अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्रमा भने पसल खोल्न पाइने छैन । डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने विकल्प दिइएको छ ।
बीबीसीका अनुसार केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुका चार जिल्लालाई उच्च निगरानीमा राखेको छ ।
भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्म लकडाउन घोषणा गरिएको थियो भने संक्रमित बढ्दै गएपछि लकडाउन २१ वैशाखसम्मका लागि लम्ब्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्