
Web pic
कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ मा रहेको पहिरा खोलाले बगाउँदा दुई भारतीय बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारतको बलरामपुर जिल्लाका १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले जानकारी दिनुभयो ।
प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।
बेपत्ता भएका भारतीय नागरिकहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्