२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


156
Shares

काठमाडौं । प्रतिनिधिसभामा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरू देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेहीको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्तावमार्फत उनीहरूले नेपालमा हरेक वर्ष वर्षायाममा बाढी, पहिरो, चट्याङ तथा डुवानका कारण धनजनको क्षति हुने गरेको भन्दै न्यूनीकरणका लागि समयमैप्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता आवश्यक तयारी गर्न माग गरेका छन् ।

यस्तै, सम्बन्धित निकायका सबै जनशक्ति परिचालित गरी प्राकृतिक प्रकोप हुने स्थानमा तत्कालै अत्यावश्यक राहत दिने, जोखिम क्षेत्र पहिचान गर्न, सम्बन्धित विशेषज्ञले दिएको प्रतिवेदन अनुसार काम गर्नेलगायत विषयमा छलफल हुनुपर्ने माग गरेका छन् ।

नेपालमा बाढी–पहिरोको जोखिममा रहेका घरपरिवारका लागि वैकल्पिक व्यवस्था, भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भू–भागको डुबान गरेको हुँदा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सो प्रस्तावमा उल्लेख छ ।

यसैगरी भारतले अन्तर्राष्ट्रिय सन्धिसम्झौता विपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेकाले वास्तविकता समस्या पत्ता लगाई स्थायी समाधानका लागि पहल गर्नेलगायत विषयमा छलफल गर्न माग गरिएको छ ।