२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव किन किन बढ्न सकेन सभामुखज्यू : सांसद पण्डित


156
Shares

politics

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढ्न नसक्नुको कारण माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारणबारे सभामुख अग्नीप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।

सांसद पण्डितले महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा रहेका सदस्यहरूको नामावली सभामुख सापकोटा आफैंले घोषणा गरेको उल्लेख गर्दै उनीहरूलाई जिम्मेवारीविहीन अवस्थामा राख्न मिल्ने कि नमिल्ने ? भनि प्रश्न समेत गर्नुभयो ।

सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको हो कि भनि आशंकासमेत व्यक्त गर्नुभयो । सांसद पाण्डित सो महाअभियोग प्रस्तावका सदस्य समेत हुनुहुन्छ ।

त्यस अवसरमा सांसद पण्डितले विराटनगर विमानस्थल विस्तारका लागि लिइएको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन पनि सरकारलाई दवाव दिनुभयो ।