१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम आयोगका अध्यक्षद्वारा रोमानियामा नेपाली बिद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्न पहल


78
Shares

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले रोमानियामा रहेका नेपाली बिद्यार्थीलाई छात्रबृत्तिकोलागि पहल गर्नु भएको छ ।

रोमानियाको भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीले त्यहाँको टेक्निकल बिश्वबिद्यालय भ्रमण गरी छात्रबृत्तिको पहल गर्नु भएको हो । अन्सारी रोमानिया भ्रमणमा जानु अघि नेपाल भ्रमणमा आएको बिश्वबिद्यालयका पदाधिकारीसँग अध्यक्ष अन्सारी र दुई देशका बिद्यार्थीबीच अनुभव आदान प्रदान छात्रबृत्ति, पर्यटन, संस्कृति रहनसहन आदानप्रदान र प्रवर्दनका बिषयमा छलफल भएको थियो । बिद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका उपकुलपति प्रो. ईरिना लुग्बु, डिन डा. ईग डोरीयन लगायतका पदाधिकारीसँगको भेटमा उहाँले नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिनु पर्ने बिषय उठाउनु भएको थियो ।

अन्सारीको प्रस्ताव त्यहाँस्थित टेक्निकल विश्वबिद्यालयले सकारात्मक रहेको बताएको र त्यसको बारेमा चाडै निश्कर्षमा पुग्ने जनाएको छ ।