१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाठ्यपुस्तक समयमा नै पुर्‍याउन नसक्नु गैरजिम्मेवार र असक्षमता : जीवनराम श्रेष्ठ


104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पुर्‍याउन नसक्ने गैरजिम्मेवार र असक्षमता भएको बताउनुभयो ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरुमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताउनुभयो ।

श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता राखि गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरिरहेता पनि व्यवहारमा नभएको गुनासो गर्नुभयो ।

उहाँले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालयको जिम्मेवारी दिएपनि शिक्षा ऐन नभएको कारण शिक्षामा गुणस्तर कम हुँदै गएको बताउनुभयो ।