
फाइल तस्बिर
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक समाजवादको नीति अंगाल्ने भएको छ ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरूको पार्टीले संवैधानिका समाजवादको नीति अंगाल्ने बताउनुभयो ।
पार्टीको सभापति आफू रहने जानकारी दिँदै उहाँले अन्य सदस्यका नाम भने खुलाउन चाहनुभएन । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उहाँले बताउनुभयो ।
सभापति लामिछानेले देशभर घुमेर पार्टीलाई नै जिताउन लागिपर्ने बताउनुभयो । उहाँले पार्टीले निर्वाचन लड्दा सुरुमै प्रधानमन्त्री र मन्त्रीहरूको नाम सार्वजनिक गरेर निर्वाचन जाने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्