
काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
सत्तापक्षका सांसदहरुले आफ्ना पार्टीका अध्यक्ष केपी ओलीलाई पनि सो घटनामा मुछेको भन्दै नेता रावलले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कसले राष्ट्रघात गरेका हुन ? भन्दै त्यसबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
सो कार्यक्रमबारे संसद र संसदीय समितिलाई यथार्थ जानकारी नदिएर प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्थाको ठाडो उलंघन गरेको उहाँको आरोप थियो । एमालेले दवाव दिएपछि सरकार उक्त कार्यक्रम अघि नबढाउन बाध्य भएको रावलले जिकिर गर्नुभयो ।
नेता रावलले परराष्ट्र नीति नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्