
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत/संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो । उहाँले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास गर्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्