
काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।
प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिँदै सर्वोच्च अदालतले शाहीलाई पनि सँगै उपस्थित गराउन पनि भनेको हो ।
केही दिनअघि प्रहरीले ललितपुरबाट पक्राउ गरेर थुनामा राखेका शाहीलाई छुटाउन अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र कारणसहित पेश गर्न आदेश दिएको हो ।
न्यायाधीश हरि फुयाँलको एकल इजलाशले जारी गरेको आदेशमा कोभिड–१९ को संक्रमणको अवस्थामा पक्राउ परेको व्यक्तिलाई पछि उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाउन सकिने भए पनि किन थुनामै राखेको हो ? कारण पेश गर्न भनेको हो ।
आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्