८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चालू वर्षको अन्त्यमा २ सय ८० उद्योग दर्ता

२६ हजार बढी रोजगारी सिर्जना हुने

104
Shares

काठमाडौ । गत वर्षको तुलनामा चालू वर्षको अन्त्यमा उद्योग दर्ता र प्रस्तावित रकम दुवैमा वृद्धि भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष २ सय ३ उद्योग दर्ता हुदा १ खर्ब ५६ अर्ब लगानी प्रस्ताव आएकोमा चालू वर्षको अन्त्य तिर आइपुग्दा विभागमा २ सय ८० उद्योग दर्ता भएका छन् । जसमा ८० ठूला उद्योग छन् भने १ सय मझौला र १ सय साना उद्योग दर्ता भएका छन् ।

जसका लागि ३ खर्ब ७ अर्ब लगानी प्रस्ताव भएको छ । योसँगै मुलुकमा २६ हजार २ सय ५० रोजगारी सिर्जना हुने विभागले जनाएको छ ।

जसमध्ये विदेशी लगानीको स्वीकृति संख्या २ सय ४१ हुँदा कुल विदेशी लगानी ४५ अर्ब ५३ करोड प्रस्ताव भएको छ । यसबाट प्रस्तावित विदेशी लगानी परियोजनाहशरमा १३ हजार ९ सय ६९ रोजगारी सिर्जना हुने विभागको तथ्याङ्क छ ।

त्यस्तै उद्योग दर्ताका लागि सहज बनाउन भन्दै सरकारले निकै तामझामका सुरु गरेको एकलविन्दु सेवा भने सम्बन्धित निकायले समन्वय गर्न नसक्दा खासै प्रभावकारी बन्न सकेको छैन् ।

एकल विन्दु सेवाबाट प्रभावकारी काम हुन नसकेको गुनासो आइरहदा पनि यो केन्द्रबाट सबै काम टुङ्याउन नसकेको विभागले जनाएकाे छ ।